बझाङ्ग। बझाङबाट पहिलोपटक सगरमाथा आरोहण गर्न सफल संगीता रोकायालाई बझाङ्गी समाजले सम्मान गरेको छ। काठमाडौंमा बिशेष कार्यक्रम गरी उनलाई सम्मान गरिएको हो।
कार्यक्रममा रोकायाले आरोहण सुरु गर्दा सहयोग गर्ने सिमित भएपनि आरोहण पश्चात भने उत्साहजनक ढंगले बढेको बताइन्। सगरमाथा आरोहण सुरु गर्दा हौसलाभन्दा पनि नकरात्मक टिप्पणी गर्दै धेरै भएको बताउँदै उनले हिम्मत नहारी अघि बढेका कारण सफलता हात परेको बताइन्।
उनले भनिन्,‘हिमाल आरोहण गर्छु भन्दा कसैले सहयोग गरेनन् । सक्दैन भनेर हतोत्साहित पारे। तर, मैले कसैको कुरा सुनिनँ । कठिन संघर्षपछि आखिरमा सफलता हात प-यो। अहिले भने बधाई र शुभकामना दिनेहरु बढेका छन्।’ कार्यक्रममा बझाङ क्षेत्र नम्बर १ का सांसद भानुभक्त जोशीले रोकायाले गरेको कामको प्रशंसा गर्दै आवश्यक आर्थिक सहयोग गर्न तयार भएको बताए।