कैलाली। कैलालीको कैलारीमा लुकाएर राखिएको सालको गोलिया बरामद गरिएको छ । शुक्रबार कैलारी गाउँपालिका–९ गदरीयाका ४२ वर्षीय मदनसिंह रानाको बारीमा लुकाईछिपाई राखेको २३.७४ क्युफिट सालको गोलिया काठ बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरी टोलीले वेवारिसे अवस्थामा रहेको सालको १२ फिटको गोलिया १ थान, ७ फिटको गोलिया २ थान, ५ फिटको गोलिया १ थान, गरी जम्मा २३ दशमलव ७४ क्यूफिट काठ फेला पारेको हो । ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले उक्त काठ बरामद गरी आवश्यक कारवाहीका लागि सबडिभिजन वन कार्यालय फूलवारीको जिम्मा लगाएको छ ।