धनगढी। सुप विश्विद्यालयले सामायोजन गरेर समजदारी अनुसार काम नगरेको भन्दै कैलाली बहुमुखी क्याम्सपका प्राध्यापक आन्दोलित बनेका छन् । कैलाली बहुमुखी क्याम्पसका विभागीय प्रमुखहरूले सामूहिक राजीनामा नै दिएर आन्दोलनमा उत्रिएका छन्।
उनीहरुले आज क्याम्पसमा तालाबन्दी समेत गरेका छन्। कैलाली बहुमुखी क्याम्पस २०७७ माघ ४ गते सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पस बनेपनी समजदारी अनुसार काम नभएको बताइएको छ । कैलाली बहुमुखी क्याम्पस, प्राध्यापक संघका सभापति शिवप्रसाद सापकोटाले लामो समयपछि क्याम्पस सुदूरपश्चिमाञ्चलको आङ्गिक बनेको हुँदा गरेका वाचा पूरा नभएपछि प्राध्यापकहरू आन्दोलित बनेको बताए । उनले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन पाएको देशभरमै उत्कृष्ट नतिजा ल्याउन सफल र स्रोत साधन सम्पन्न कैलाली बहुमुखी क्याम्पस हो । तर अहिले प्राध्यापकहरूले नै आन्दोलन गर्नुपर्ने अवस्थामा पुगेको बताए ।
अहिलेका उपकुलपतिको समय अब ५/६ महिना मात्रै बाँकी रहेको बताए। समायोजनसम्म नटुङ्गिएको बताउँदै अहिलेका उपकुलपतिले प्रगतिबारे जानकारी नगराएको बताए। सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले समायोजन हुँदा कैलाली बहुमुखी क्याम्पसमा व्यवस्थापन संकायको डिनको कार्यालय राख्ने सहमति गरेको थियो। यसैगरी २०७८ बाट क्याम्पसमा वन विज्ञान, २०७९ मा अर्कटेक्चरल इन्जिनियरिङ, २०८० मा कम्प्युटर विज्ञान र २०८१ बाट सिभिल इन्जिनियरिङको अध्यापन कैलाली बहुमुखी क्याम्पसबाट गर्ने भनिएपनी लागु हुन सकेको छैन् ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा पहिलो चरणमा समाहित भएका क्याम्पसका प्राध्यापकहरूको समायोजन अहिलेसम्म टुङ्ग्याउन नसकेको प्राध्यापकहरूको गुनासो गरेका छन्। केन्द्रीय क्याम्पसका प्राध्यापकहरूको निहित स्वार्थका कारण विश्विद्यालयले समायोजन गर्न नसकेको आरोप रहेको छ। तर यता विश्वविद्यलयले कैलाली बहुमुखी क्याम्पसमा क्रमशः सबै विषयको अध्यापन हुने निश्चित रहेको जनाएको छ। सबै कुरा एकै पटक गर्न नसकिए पनि क्रमशः नयाँ विषयको अध्यापन हुने सुदूरपश्चिम विश्वविद्यलयका उपकुलपति प्राध्यापक डाक्टर अम्मराज जोशीले बताए। शैक्षिक कार्यक्रम तत्काल भने अनुसार नहुने भएकाले व्यक्ति भन्दा संस्था महत्वपूर्ण भएको बताए ।


