धनगढी। ग्यास लिक भई जलेर गम्भीर घाइते भएका दार्चुला नौगाड ३ जामिरका ८० वर्षीय अमरसिंह ठगुन्नालाई काठमाडौं लगिएको छ। खाना पकाउने ग्यास लिक भएर जलेर घाइते भएका ठगुन्नालाई थप उपचारका लागी काठमाडौं लगिएको हो ।
बुधबार बिहान चिया पकाउने क्रममा ग्यास लिक भएर ठगुन्ना जलेका थिए। ठगुन्नाको खुट्टा, टाउको र हात जलेको बताइएको छ।घाइते भएका उनलाई स्थानीयको सहयोगमा गोकुलेश्वर अस्पताल लगिएको थियो। गोकुलेश्वरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ।