धनगढी। धनगढी उपमहानगरपालीका ५ हसनपुरमा रहेको एक्सिस विद्याश्रम स्कुलमा चोरी भएको छ। शनिवार विहान राति २ बजेको समयमा विद्यालयमा चोरी भएको स्कुलले जनाएको छ । प्राचार्य अनिता पन्तका अनुसार
विद्यालयका रातिको समयमा १७ १८ बर्षका दुई जना युवाले विद्यालयबाट तीन वटा सिसिटिभी क्यामेर, एउटा राउटर र टेलिफोनको तार चोरी गरेको प्राचार्य पन्तले बताइन् । विद्यालयबाट सामान चोर्दाको भिडियो सिसिटिभी क्यामेरामा देखिएको र आवश्यक अनुसन्धानका लागि प्रहरीमा निवेदन दिएको प्राचार्य पन्तले बताइन्।
https://www.facebook.com/1797349213/videos/pcb.10218539536238456/2193902464129654
https://www.facebook.com/1797349213/videos/pcb.10218539536238456/2333297070208132