धनगढी : मानिसले आफुभित्रका नकारात्मक तत्व हटाएर सकारात्मक चिन्तन मात्रै राखे कुलतबाट जोगिने ब्रह्मकुमारी ईश्वरिय बिश्वबिद्यालय धनगढीकी प्रमुख सञ्चालिका हिरा दिदिले बताएकी छिन् । कटक भण्डारी फाउण्डेशनले धनगढीको त्रिनगर माध्यमिक बिद्यालयमा आयोजना गरेको लागुऔषध दुब्र्यशन बिरुद्ध सचेतनामुलक कार्यक्रममा बोल्दै हिरा दीदीले मानिस भित्रको बिकार तत्वकै कारण कुलतमा फस्ने गरेको बताइन् ।
हामी मानवभित्र सकारात्मक कुरा भन्दापनि नकारात्मक कुरा बढी हुन्छ उनले भनिन् “मानिसले सकारात्मक सोच बनाउनु पर्छ गतल बाटो तर्फ लाग्दैन, घर परिवार देखी समाजसम्म सही कुराको मात्रै चिन्तन गरे कहिल्यै गलत बाटोमा लागिदैन, तपाई हामीहरुलेपनि सधैँ सही सोच राखे कुलतमा फसिन्न ।” परमात्मालाई सोचेर ध्यान गर्नुस त स्वर्गिय आनन्द यहीँ छ उनले भनिन् “आफ्नै जिन्दगीलाई आनन्दित बनाउनुस, किन नशा सेवन गरेर जिवनलाई नर्क बनाउनुहुन्छ, आफ्नो जिवनलाइ त नर्क बनाउनु हुन्छ, झन घर परिवारको जिन्दगीपनि नर्क बनाउनु हुन्छ, त्यस कारण जिन्दगी दोश्रो पटक पाइदैन, यही जिन्दगीलाई स्वर्गजस्तै बनाएर जिउने हो भने सबै सही सोच राखौँ ।”
कार्यक्रममा बोल्दै सुदूरपश्चिमाञ्चल क्याम्पसका प्रमुख योगराज उपाध्यायले यस्तै बिद्यालयमा पढेको ब्यक्तीहरु पाइलट, बैज्ञानिक सम्म बनेको बताए । यो उमेर कुलतमा लाग्ने उमेर होइन उपाध्यायले भने “यो उमेर पढ्ने उमेर हो, र किताब घोक्नु मात्रै पढाई होइन यसलाई समाजसगं जोड्नु पढाई हो, किताबी ज्ञान संगै समग्र ब्यक्तीत्व बिकास अहिलेको युगमा अपरिहार्य छ त्यस कारण बिद्यालय स्तरका बालबालिकाहरुले सकारात्मक सोच बनाएर आफु र परिवारको भविश्य सुनिश्चित पार्नुपर्छ ।”
जिल्ला प्रहरी कार्यालय कैलालीकी प्रहरी निरिक्षक सरस्वती अधिकारीले लागुऔषधले कैलालीमा जरा गाडिसकेको बताइन् । गत बर्षको तुलनामा जिल्ला प्रहरी कार्यालय दोब्बर मुद्धा लागुऔषधका पुग्दै छन् उनले भनिन् “युवा युवतीहरु सही बाटोतर्फ नलागी साथी संगतले गर्दा दिनानुदिन लागुऔषधको सिकार बनिरहेका छन्, ति मध्ये अधिकाशं मृत्युको मुखमा पुगिरहेका छन् ।” नानी बाबुहरु संगै आम अबिभावकहरुले आफ्ना छोराछोरी कहाँ जान्छन्, के गर्छन भनेर निकै ख्याल गर्नुपर्ने बेला आएको छ उनले भनिन् “आफ्ना छोराछोरीको झोला चेक गर्ने, खल्ती चेक गर्ने, उसको बानी ब्यवहार परिवर्तन भएको त छैन, कतै बाहिर बाहिर मात्रै हिन्ने गरेको छ यस्तो छ भने ख्याल गर्नुहोला, अब अबिभावकले सचेत नबने भोली पछुताउनु बाहेक बिकल्प रहन्न ।”
कार्यक्रममा धनगढी उप महानगरपालिका स्वास्थ्य साखाका डा.कृष्ण बोहराले लागुऔषध दुब्र्यशनमा परेपछि त्यसले स्वास्थ्यमा ल्याउने जटिलताका बारेमा जानकारी गराएका थिए । शुरुमा नशा लिदा रमाइले लागेजस्तो भएपनि यसले बिस्तारै मृत्युको मुखमा लाने गरेको बोहराले बताए । कार्यक्रममा ग्याँस डिलर्स एशोसिएशन कैलालीका अध्यक्ष छवीराज भट्ट, युवा समाजसेवी दिपेस बोहरा लगायतले आफ्ना प्रस्तुती राखेका थिए ।
आयोजक कटक भण्डारी फाउण्डेशनका अध्यक्ष गणेश भण्डारीले धनगढीलाई लागुऔषध मुक्त बनाउने अभियानका साथ निरन्तर सचेतनामुलक कार्यक्रम आयोजना गरिरहेको बताए । शुरुमा धनगढी उप महानगरपालिका वडा नम्बर २ को सहयोगमा हामीले केही सचेतनामुलक कार्यक्रम आयोजना गरेका थियौँ उनले भने “अहिले धनगढी उप महानगरपालिकाको सहयोगमा अन्य कार्यक्रम गरिरहेका छौँ, हामीहरुको उद्देश्य लागुऔषधको दुब्र्यशनमा फस्नै नदिने हो, फसिसकेपछि उहाँहरुलाई पुनर्जिवन दिन निकै कठिन छ, त्यस कारण यसको कुलतमा फस्नै नदिनका लागी यि कार्यक्रम आयोजना गरिरहेका छौँ, हामी अँझै बिभिन्न संघ संस्थाहरुसंग सहकार्य गरेर सचेतनामुलक कार्यक्रम आयोजना गर्ने छौँ ।”


