धनगढी : सुदूरपश्चिम प्रदेशका नवनियुक्त उधोग, पर्यटन, बन तथा वातावरण मन्त्री रमेश शिहं धामीले कुनैपनि आर्थिक अनियमिततामा नलाग्न कर्मचारीहरुलाई आग्रह गरेका छन् । मन्त्रीको पद बहालीपछि सञ्चारकर्मीहरुका प्रश्नको जवाफ दिदै मन्त्री धामीले चुनौतीका रुपमा रहेको भ्रस्टाचार नियन्त्रणमा सबै लाग्नुपर्ने बताएका हुन् ।
भ्रस्टाचार, आर्थिक अनियमितताले जरो गाडेको छ उनले भने “यसको नियन्त्रणका लागी म प्रयत्न गर्छु, सबै कर्मचारी तथा माथहतका कार्यालयमा कार्यरत कर्मचारीहरुलेपनि यो पर्यत्न गर्नुपर्छ, मेरो स्पिडमा काम गरे हामी भ्रस्टाचार नियन्त्रण गर्न सक्छौँ ।” मेरो मन्त्रालयमा र माथहतका कार्यालयहरुबाट कुनैपनि गलत काम हुने छैनन् उनले भने “बिगतका राम्रा कुराहरुलाई निरन्तरता दिनेछु, नराम्रा कुराहरुलाई सच्याउने र शुरुवात नभएका कामको शुरुवात गर्ने छु ।”
बनको काठ त्यसै सडेर जान्छ भन्ने गुनासो छ त्यस बारे बुझेर आवश्यक काम गर्ने छौँ, यस्तै उधोगका क्षेत्रमा हरेक पालिकासंग उधोगलाई जोड्ने बिषय संगै पर्यटकिय क्षेत्रको बिकासमा नितिगत निर्णय गर्दै आर्थिक उपार्जन तर्फ हामी केन्द्रित हुनेछौँ, मन्त्री धामीले भने “अहिलेनै सबै कुरा भन्नुपर्ने छैन, यहाँको अवस्था के छ, जनताका कस्ता मुद्धा आइरहेका छन्, तिनको समाधान हुने गरी मेरो मन्त्रालयले काम गर्छ, मेरो स्पिड अनुसार काम गर्न म सबै कर्मचारी साथीहरुलाई आग्रह गर्छु ।”


