दार्चुला। दार्चुलामा एक मोबाइल पसलमा आगलागी भएको छ। दार्चुलाको शैल्यशिखर नगरपालिका–१ धौकुचेका २६ वर्षीय मोहनदेव खडायतको निश्चल मोवाईल एण्ड ईलेक्ट्रोनिक पसलमा आगलागी भएको हो।
करेन्ट सर्ट भएर बिहीबार दिउँसो आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट पसलमा रहेका दुई थान कम्प्युटर, एक थान फोटोकपि मेसिन, रेडियो दुई थान तथा १२ थान मोबाइल जलेर नष्ट भएको छ। आगलागीबाट भएको क्षतिको एकिन विवरण खुल्न नसकेको प्रहरीले जनाएको छ। आगलागीको कारण खुल्न सकेको छैन । केही सयमपछि स्थानीय प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।