धनगढी। कैलालीको धनगढीमा एक डाक्टरको शव झुन्डिएको अवस्थामा फेला परेको छ। कैलालीको धनगढी उपमहानगरपालिका–५ हसनपुर निवासी २६ वर्षीया डा. प्रसन्ना शाह मृत फेला परेकी हुन् ।
उनको शव आफ्नो घरमा बन्द कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी देवेन्द्र पालले बताए। उनको मृत्युको कारण खुल्न नसकेको र शवको पोस्टमार्टम गरिएकोमा रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ । शवको पोस्टमार्टम भएको छ तर रिपोर्ट आउन बाँकी रहेको प्रहरीको भनाई छ। शाह धनगढीस्थित माया मेट्रो अस्पतालमा कार्यरत थिइन्। उनी मृत फेला परेपछि अस्पतालले उनको परिवारप्रति समवेदना जनाएको छ।


