धनगढी। अत्तरिया चोकमा पुर्व राजा ज्ञानेन्द्र शाहको पोष्टर राखिएका छन् । पुर्व राजा ज्ञानेन्द्र शाह जेठ ६ गते धनगढी आउने कार्यक्रमको प्रचार प्रशारका लागि अत्तरिया चोकमा राजाका पोष्टर टाँसिएका हुन ।पूर्व राजाको धनगढीमा नागरिक अभिनन्दन गरिने छ ।
जसका लागि १ हजार १ सदस्यीय नागरिक अभिनन्दन मुल समारोह समिति गठन गरिएको छ । पूर्व राजाको ६ गते दिउँसो २ बजे धनगढीको कभर्ड हलमा एक समारोका बीच नागरिक अभिनन्द गरिने जनाइएको छ । भ्रमणमा राजपरिवारका सबै सदस्य सहभागि हुने नागरिक अभिनन्दन समारोहका सञ्चार संयोजक ललित जोशीले जानकारी दिए ।


