कञ्चनपुर। कञ्चनपुरबाट २ लाख ८४ हजारका अवैध सामान बरामद गरिएको छ। भीमदत्त नगरपालिका –४ चमनचोकबाट आइतबार विहान भन्सार छलीका सामान बरामद गरिएको हो।
प्रहरी टोलीले बिशेष सुराकीको आधारमा विभिन्न किसिमका हेडफोनहरु, स्मार्ट घडी, एरफोन, वारलेस माईक, चिनी, बिडी, तेल र एक थान साईकल समेत बरामद गरेको छ। करिब २ लाख ८४ हजार हजार २ सय ३० मुल्य बराबरका अवैध समान प्रहरीले बरामद गरेको हो।
भन्सार छलीमा संलग्न एक जना व्यक्तिलाई समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। बरामद गरिएका सामानसहित ती व्यक्तिलाई भन्सार कार्यालय गड्डाचौकी पठाइएको छ।