कञ्चनपुर। कञ्चनपुरको पुनर्वासमा एक जना मृत अवस्थामा फेला परेका छन्। कञ्चनपुरको पुनर्वास नगरपालिका–९ ख गाउँका ३६ वर्षीय भक्त बहादुर थापा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
उनको शव आफ्नै घरदेखि करिब ४ सय मिटर टाढा खेतमा सोमवार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताए। शवसँगै मदिराको बोत्तल पनि भेटिएको र परिवारका सदस्य र छिमेकीले केहीँ दिन देखि थापाले अत्याधिक मदिरा सेवन गरिरहेको बताएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका इन्चार्ज प्रहरी निरीक्षक नरेशराज मल्लले बताए।धनगढीस्थित सेती अस्पतालमा शवको पोष्टमार्टम गरी परिवारलाई हस्तान्तरण गरिएको छ। शरीरमा चोटपटक नलागेको बताइएको छ ।