धनगढी। डेउडा प्रतिष्ठानका कोषाध्यक्ष प्रेम विवस चन्दले जन्मदिनको अवसरमा कलाकार कल्याणकारी कोषमा रकम जम्मा गरेर जन्मदिन मनाएका छन्। आइतवार जन्मदिनको अवसरमा एक कार्यक्रमका बिच चन्दले कलाकार कल्याणकारी कोषमा ५ हजार १ सय १ रुपैयाँ जम्मा गरेर मनाएको बताएका छन्।
कलाकारहरूलाई प्रेरणा, सम्मान र अफ्ठ्यारो अवस्थामा कलाकारहरूलाई सहयोग गर्न कोषको स्थापना गर्ने उद्देश्य रहेको चन्दको भनाई छ । जन्मदिन मनाउन फजुल खर्च गर्नुभन्दा अक्षयकोष स्थापना गर्न रकम हस्तान्तरण गरेको चन्दले बताए।
चन्दले डेउडा प्रतिष्ठानका अध्यक्ष दलबहादुर बोगटीलाई रकम हस्तान्तरण गरेका हुन्। सुदूरपश्चिममा कलाकारहरूलाई प्रोत्साहित गर्न कलाकार कल्याणकारी कोष स्थापना गरिने बताइएको छ। कोषको कार्यविधि बनाएर स्थापना र सञ्चालन गरिने बताइएको छ। रकम हस्तान्तरण कार्यक्रममा डेउडा प्रतिष्ठान, सुदूरपश्चिम साहित्य समाज र राष्ट्रिय लोकदोहरी प्रतिष्ठानका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।