कञ्चनपुर। कञ्चनपुरको बेलडाँडीका पूर्व अध्यक्षको लडेर निधन भएको छ । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका पूर्व अध्यक्ष धनबहादुर थापा घरको आज बिहान घरको नल्कामा लडेर निधन भएको प्रहरीले बताएको छ।
गाउँपालिकाको वडा नम्बर २ गौरीटोलका ६५ वर्षीय थापाको लडेर निधन भएको खबर आएको प्रहरीले बताएको हो। उनलाई परिवारका सदस्यले नल्कामा मृत अवस्थामा फेला पारेका थिए।