कञ्चनपुर। कञ्चनपुरमा पशु करणी मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन्। कञ्चनपुर जिल्ला अदालतले २०७७ फागुन ६ गते शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० का मनोज खुनालाई पशु करणी मुद्धामा दोसी ठहर गरेको थियो।
एक महिना २० दिन कैद सजाय सुनाइएकोमा फरार रहेका खुनालाई बुधवार कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो। खुनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी बिशेष टोलीले निजकै घर ठेगानामा लुकिछिपि बसी रहेको अवस्थामा पक्राउ गरीएका हो । पक्राउ गरी कञ्चनपुर जिल्ला अदालतमा पेश गराईएकोमा अदालतबाट तोकिएको १ महिना २० दिन कैद सजाय भुक्तानको लागी कारागार चलान गरिएको प्रहरीले जनाएको छ।