धनगढी। चैतन्य पाठशाला धनगढीको प्रमुख सल्लाहकारमा डाक्टर हेम राज पन्त चयन भएका छन् । पाठशालाले बुधबार एक कार्यक्रमको आयोजना गरि पन्तलाई सो जिम्मेवारी दिइएको जनाएको हो । पाठशालालाई थप उत्कृष्ट बनाउने उदेश्यले पन्तलाई प्रमुख सल्लाहकारको जिम्मेवारी दिएको पाठशालाका अध्यक्ष गणेश राज जोशीले जानकारी दिए।
यस्तै पाठशालाले थप तीन वटा पुरस्कारको घोषणा गरेको जनाएको छ। पाठशालाले यस अघि बार्षिक उत्सवको अवसरमा शिक्षा साधना सेवा पुरस्कार घोषणा गरिसकेको थियो । शिक्षा साधना पुरस्कार आज मात्रै पाठशालाको प्रमुख सल्लाहकारमा नियुक्त भएका डा पन्तलाई जनहि ५० हजार राशिको प्रदान गरेको थियो । यस वर्षदेखि साहित्य साधना,कला संस्कृती साधना र उत्कृष्ट खेलाडी साधाना पुरस्कार घोषणा गरिएको पाठशालाका अध्यक्ष जोशीले जानकारी दिए । तिन ओटाको पुरस्कारको राशि जनही २५ हजार राखिएको छ । यसअघि पाठशालाले ति पुरस्कार छनोट समितीको संयोजकमा डा.पन्त र सदस्यमा ऐश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मदेब भट्टलाई राखेका छन् ।
आगामी दिनमा पनी बिभिन्न क्षेत्रमा आबद्ध उत्कृष्टहरुलाई पनी पुरस्कार बितरणमा उहाँको सहयोग महत्वपुर्ण रहने पाठशालाका अध्यक्ष गणेश राज जोशीले बताए । पाठशालाका अध्यक्ष जोशीले बिद्यालयले संस्कार सहितको शिक्षा प्रदान गर्ने उदेश्य रहेको बताएका छन् । पाठशालामा आउने हरेक ब्यक्ती, शिद्यार्थी शिक्षक तथा अभिभावकलाई सकारात्मक र खुसीको बातावरण सिर्जना गर्ने उदेश्य बिद्यालयको रहेको बताए । बिद्यालयमा शिक्षक शिक्षीकापनी बिषयगत अध्यापन नभएर आर्दश बिद्यार्थी, शिक्षक, अभिभावक बनाउन लागीरहेको बताएका छन् ।यस्तै चैतन्य पाठशाला धनगढीको प्रमुख सल्लाहकार डाक्टर हेम राज पन्तले आफूलाई प्रमुख सल्लाहकारमा नियुक्त गरेकोमा पाठशाला परिवारलाई धन्यवाद ब्यक्त गरेका छन् ।
उनले आफु पनी पाठशालालाई बिगत समय देखी नियाल्दै आइरहेकाले पाठशालाले छुट्टै नयाँ फरक र सकारात्मक कुरा सिकाउन खोजेको भन्दै खुसी ब्यक्त गरे ।उनले संस्कार भन्ने कुरा सबैमा जरुरी भएको बताउँदै भोलीका पिडीहरुमा यस्को असर पर्ने बताए । बिद्यार्थी अभिभावक, शिक्षक शिक्षीका तथा समाजमा बस्ने हरेक ब्यक्तीमा संस्कारसहितको शिक्षा आवश्यक रहेको बताए । बिद्यालयबाट संस्कारसहितको शिक्षा दिएमा पनी भोलीका दिनमा राम्रो बिद्यार्थी, राम्रो बिषयबिज्ञ तथा राजनितीज्ञ तथा राम्रो ब्यक्तीत्वको निर्माण हुने उनले बताए । यस्का लागी नकारात्मक भन्दा पनी सकारात्मक कुरालाई आत्मसाथ गर्दै अघि बढ्नुपर्ने र आफुभन्दा साना र ठुलालाई आदर र सम्मान सहितको संस्कारीयुक्त मान्छे बन्नुपर्ने उल्लेख गरे । यस्तै पाठशालाका पुर्ब प्रन्सिपल उदय प्रताप सिँहले शिक्षामा सुधार हुनुपर्ने परिकल्पना स्वरुप २०५८ साल तिर बिद्यालय स्थापना गरिएको बताए । शिक्षाले मान्छेलाई बिवेकशिल बनाउने भएकाले ज्ञान र बिवेकशिल भएर मात्रै नपुग्ने भएकाले संस्कारलाई अवलम्बन गर्नुपर्ने बताए । सोही कुरालाई मध्यनजरराख्दै संस्कारसहितको शिक्षालाई आत्मसाथ गर्दै चैतन्य पाठशालाले संस्कार युक्तसहितको शिक्षालाई अगाडी बढाइरहेको बताएका छन् । कार्यक्रम सहजीकरण सहायक प्रधानाध्यापक कटक बहादुर सिँहले गरेका थिए ।कार्यक्रममा प्रमुख सल्लाहकारमा डा पन्तबाट शिक्षक शिक्षीकाहरुलाई मायाको चिनो अनुसार ब्याच बितरण समेत गरिएको थियो ।



