धनगढी। सुदूरपश्चिम लोकसेवा आयोगले स्थानीय सरकारी सेवा चौथो तहका विभिन्न सेवा समूहका प्राविधिकतर्फका पदमा कर्मचारी माग गरेको छ। आयोगले बिहिबार सूचना प्रकाशित गरी सहायक चौथो प्राविधिक तर्फ विभिन्न पदको पदपूर्तिको लागि विज्ञापन खोलेको हो।
खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ती गर्ने गरी दरखास्त आह्वान गरिएको छ। योग्यता पुगेको उम्मेदवारले अनलाइनमार्फत् फारम भर्न सक्नेछन्।प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका उमेदवारहरूको प्राथमिकताक्रम अनुसार नियुक्तिका लागि सम्बन्धित स्थानीय तहमा सिफारिस गरिने आयोगले जनाएको छ ।
आयोगले जेठ ३ गतेसम्म म्याद दिएको छ । दोब्बर दस्तुरको म्याद जेठ १० गतेसम्म तोकेको छ। १८ वर्ष पूरा भइ ३५ वर्ष ननाघेका उम्मेदवारले आवेदन दिन सक्नेछन्। साथै महिला तथा अपांगता भएका उम्मेदवारहरुको हकमा ४० वर्ष उमेर अधिकतम उमेर कायम गरिएको छ।सूचनासहित हेर्नुहोस्





