दार्चुला। दार्चुलामा हेलिकप्टर मार्फत सुत्केरी महिलाको उद्धार गरिएको छ। दार्चुलाको व्याँस गाउँपालिका–६ हुतिकी ३० वर्षीया भागरथी बडूको हेलिकप्टरबाट उद्धार गरिएको हो। जिल्ला प्रशासन कार्यालयका अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट बडूको उद्धार गरिएको छ।
बडूको गर्भमा जुम्ल्याहा बच्चा थिए। एक बच्चालाई जन्म दिएको र अर्कोलाई जन्माउन नसकेर जोखिममा परेकी उनको हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला प्रशासनले जनाएको छ । बडूको गर्भमा जुम्ल्याहा बच्चा रहेको र एक बच्चालाई मंगलबार जन्म दिएकी थिइन। अर्को बच्चा जन्माउन नसक्दा थप उपचारका लागि उनलाई बुधबार बिहान हेलिकप्टरमार्फत कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताएकी छिन् ।

