धनगढी : नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले धार्मिक पर्यटनका क्षेत्रमा विकास गर्ने सक्ने हो भने नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड प्रदेशमा पर्यटनका माध्यम बाट आथिृक विकास गर्न सकिने बताएका छन् ।
मानसखण्ड अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन नेपाल आएका भारतीय राजदूत नवीन श्रीवास्तवले दुई देशबीचको आन्तरिक सभ्यता र सांस्कृतिक सम्बन्ध निकै पुरानो भएको जानकारी दिए । उनले नेपाल र भारत विच लामो समय देखि प्रगाढ रहेको सम्बन्ध लाई थप मजबुत बनाउन धार्मीक पर्यटन एक महत्वपुर्ण क्षेत्र रहने जानकारी दिए । श्रीवास्तवले नेपाल र भारतका तिर्थयात्रु हरुलाई एक देश देखि अर्काे देश जान कुनै समस्या नहोस भन्ने चाहना भारत सरकारको रहेको जानकारी बताए । भारतको उत्तराखण्ड तथा उत्तर प्रदेश र नेपालको सुदूरपश्चिम बिचको सांस्कृतीक सम्बन्ध बढाउनका लागी यहाँका भौतिक संरचनाको बिकासमा भारत तयार रहने उनको भनाई थियो ।
भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाईवाले पनि वैशाख २ गतेदेखि धनगढीमा सुरु भएको मानसखण्ड सम्मेलनको समापन समारोहमा सम्बोधन गरेका छन् । यस अघि उनलाई सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले स्वागत गरेका थिए । मानसखण्ड सम्मेलनको समापन समारोहमा बोल्दै चौथाईवाले सुदूरपश्चिम प्रदेश र उत्तराखण्ड क्षेत्रमा ४० भन्दा बढी तिर्थ क्षेत्रहरु रहेका कारण यी ओझेलमा परेका क्षेत्रहरुको विकासमा दुवै देशले ध्यान दिनु पर्ने बताए ।
कार्यक्रममा बोल्दै प्रतिनिधीसभा सदस्य आरजु राणा देउवाले नेपाल र भारतको सास्कृतीक सम्बन्ध निकै लामो रहेको स्मरण गरिन् । उनले यि संस्कृतीको संरक्षणमा दुबै देशका नागरिकको भुमिका रहने बताइन् । यिनको संरक्षण संगै दुई देश मिलेर गर्नुपर्ने भौतिक तथा आर्थिक बिकासका लागी तयार रहनुपर्नेमा देउवाको जोड छ ।
सुदूरपश्चिम सरकारको सहयोग तथा सुदूरपश्चिम विश्वविधालय, भारत उत्तराखण्डको कुमाउ विश्व विद्यालयको संयुक्त आयोजनामा भइरहेको मानसखण्ड अन्तर्राष्ट्रिय सम्मेलनको समापन समारोहको प्रमुख वक्ताका रूपमा चौथाइवाले नेपाल आएका हुन् । कार्यक्रममा सुदूरपश्चिमका मुख्यमन्त्री, मन्त्रीहरु, सु.प विश्वविद्यालयका उपकुलपति अम्मरराज जोशी, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, सुदूरपश्चिम प्रदेशका अर्थिक मामिलामन्त्री प्रकाशबहादुर देउवालगायतको सहभागिता थियो ।