धनगढी। धनगढी उपमहानगरपालिकाले निजी विद्यालयलाई पाठ्यक्रम यथावत राख्न अनुरोध गरेको छ । सोमबार पुनः एक सूचना जारी गर्दै उपमहानगरपालिकाले नगर शिक्षा ऐन २०७४ बमोजिम पाठ्यक्रम परिवर्तन नगर्न अनुरोध गरेको हो ।
नगर शिक्षा ऐन २०७४ को दफा ८ बमेजिम संशोधनसहित मा संस्थागत विद्यालयका हकमा देहाएका व्यवस्थाहरु उल्लेख भएको तर, अधिकास विद्यालयहरुमा उक्त व्यवस्था कार्यान्वयन नभएको पाइएकोले धनगढी उपमहानगरपालिकाले पुनः सूचना जारी गरेको जनाईएको छ। धनगढी उपमहानगरपालिकाले संस्थागत विद्यालयले एउटा शैक्षिक सत्रमा लागु गरेको एउटा प्रकाशनको पाठ्यपुस्तक कम्तिमा पाँच शैक्षिक सत्रसम्म परिवर्तन गर्न नपाईने बताएको छ ।
साथै नगरशिक्षा समितिको मिती २०७९र१२र१४ गते गरेको बैठकको निर्णय अनुसार अनुसार यस उपमहानगर अन्र्तगतका कुनै पनि संस्थागत बिद्यालयले शैक्षिक सत्र २०७९ मा लिदौ आएको शुल्कमा कुनै पनि थप शुल्क बृद्धि नगर्न अनुरोध गरेको छ। शैक्षिक सत्र २०८० को शुल्क निर्धारण गर्ने व्यवस्था उपमहानगरपालिकाको अधिकार क्षेत्रमा परेकाले सोही अनुसार लागू गर्न अनुरोध गरिएको छ । विशेषतः कक्षा ८ देखि १० सम्मका पाठ्यपुस्तकको प्रकाशन हरेक वर्ष परिवर्तन भईरहन्छ ।’ नयाँ शैक्षिकसत्र सुरु भएसंगै विद्यालयहरुले पुस्तक पसलमा प्रकाशनसंगको मिलोमतो अनुसार प्रकाशन पाठ्यक्रमको सूचि पठाईरहेका छन् ।