धनगढी। कैलालीको गोदावरी नगरपालिका वडा नं ३ स्थीत मालाखेती अस्पतालमा बच्चा सहित एक जना सुत्केरी महिलाको मृत्यु भएको छ।आईतबार बिहान सुत्केरीका लागी आएकी गोदावरी नगरपालिका वडा नं २ कडायत टोलकी २८ वर्षिया लक्ष्मी भट्टराईको मृत्यु भएको हो।
अस्पतालमा डाक्टरहरुको लापरबाहीका कारण सुत्केरी र बच्चाको मृत्यु भएको भन्दै स्थानियहरुले विरोध गरेका छन। परिवारका सदस्यले चिकित्सकको कमजोरीले विरामीको मृत्यु भएको भन्दै अस्पताल घेराउ गरेको जनाईएका छन् ।स्थानियहरुले सोमबार बिहानदेखि अस्पतालको सेवा प्रवाह ठप्प पारेका छन्।
स्थानियहरुले लापरबाही गर्ने डाक्टर र प्रशासनलाई कारबाहीको माग गरेका छन्। चैत १८ गते सुत्केरी मिति भएपनि २६ गते अस्पताल गएकी भट्टराईलाई सुत्केरी व्यथा नलागेको उनकी बहिनी धर्मा भट्टराईले बताईन। अस्पतालका प्रमुख डाक्टर अन्वेश कोईरालाले भने बच्चा जन्मिने बेला पाठेघरमा हुने पानी फोक्सोमा जाँदा सुत्केरीको मृत्यु भएको बताएका छन्। उनले विरामीको अन्य सबै कुरा नर्मल भएको र विहान अचानक नै उक्त समस्या आएको बताए।


