दार्चुला। दार्चुलामा एमाले जिल्ला उपाध्यक्षको ढुङ्गा प्रहारबाट काङ्ग्रेसका पुर्व सचिव घाइते भएका छन्। नेकपा एमाले दार्चुलाका जिल्ला उपाध्यक्ष चरन सिंह बुढाथोकीको ढुङ्गा प्रहारबाट काङ्ग्रेसका पुर्व जिल्ला सचिव हरक बिष्ट घाइते भएका हुन् ।
बुधबार राती करिब पौने ९ बजेको समयमा बिष्टमाथि ढुङ्गा प्रहार भएको बताइएको छ। दार्चुलाको महाकाली नगरपालिका ४ सुपथ मुल्य पसल अगाडि भएको ढुङ्गा प्रहारबाट बिष्टको हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।घाईते भएका बिष्टको अहिले जिल्ला अस्पताल दार्चुलामा उपचार भैरहेको छ। घटना किन र कसरी भयो भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

