कञ्चनपुर। कञ्चनपुरमा चुरे नजिककाकेही क्षेत्रबाट अवैध उत्खनन रोकिएपनि पुनः मानव वस्तीबाट काम सुरु भएको छ। स्थानीयले चर्को दबाव दिएपछि डिभिजन वन कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका ३ तिलकपुरको खन्ने खोलामा ढुङ्गा, गिट्टी, बालुवाको अवैध उत्खनन रोकेको थियो। तर मानव वस्तीबाट भने अवैध उत्खनन कार्य सुरु भएको छ।
यसअघि भीमदत्त नगरपालिका ३ कै विष्णु मन्दिरको उत्तरको क्षेत्रमा अवैध उत्खननमा भीमदत्त नगरपालिकाले रोयल्टी संकलन गर्दै आएको थियो । अहिले खन्ने खोलाको सोही मन्दिर नजिकबाट अवैध उत्खनन गरी बेलौरीसम्म निर्माण सामाग्री पुगाउने थालिएको छ। विष्णु मन्दिर नजिकका मानव वस्तीलाई असर पर्ने गरी अवैध उत्खनन थालिएको भन्दै स्थानिय आक्रोसित भएका छन्। नगरपालीकाले यस तर्फ ध्यान नदिएको उनीहरुको गुनासो छ।
भीमदत्त नगरपालिका १ भाँसीमा सडक निर्माणको कार्य कार्यका लागी भन्दै एक जनाले जेसिभी लगायतका समान खोलामा लगेर अवैध उत्खनन गरिरहेको स्थानीयले बताएका छन् । उनीहरुले उत्खननबाट वस्ती जोखिममा पर्ने भएकाले तत्काल रोक्नु पर्ने माग राखेका छन्। चुरे सञ्जाल नेपाल कञ्चनपुरका अध्यक्ष रविन्द्र कुँवरले दिर्घकालिन रुपमा रुपमा चुरे बिनास गर्ने गरी भईरहेको खोला नदीको अनियनिन्त्रत दोहन रोक्नुपर्ने बताए । उनले उक्त क्षेत्रका नदीखोलाको बिना टेण्डर धमाधम पालिकाले समेत संकलन गरिरहेको र अन्य निजी क्षेत्रबाट समेत मापदण्ड विपरित उत्ख्नन भईरहेको विषयमा जिल्ला समन्वय समितीलाई ध्यानाकर्षण समेत गरेको बताए ।
उनले जिल्ला समन्वय समिती कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरालाई जानकारी दिएको बताए। स्थानीयले पनी चुरे दोहन रोक्न माग गर्दै जिल्ला समितिका समितिका प्रमुख बोहरालाई समेत गुहार गरेको भएपनी दोहन नरोकिएको बताए । यता कञ्चनपुरको भीमदत्त नगरपालिकाले भने, मापदण्ड बिरुद्धमा उत्ख्नन भए रोक्ने बताएको छ। भीमदत्त नगरका प्रवक्ता महेन्द्र खडकाले ठेक्का नलागेको उक्त नदीखोला क्षेत्रमा मापदण्ड बिरुद्धमा दोहन भए अनुगमन गरेर रोकिने बताए। उनले त्यहाँबाट पालिकाले पनि उठाईरहेको बताउँदै अबैध उत्ख्नन भए कार्बाही गर्ने बताएका छन्।