धनगढी। नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीको अध्यक्षमा भीम पडाल निर्विरोध निर्वाचित भएका छन् । संघको १४ औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनले पडालको अध्यक्षतमा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।



संघको वरिष्ठ उपाध्यक्षमा नरबहादुर नेगी, उपाध्यक्षमा योगेन्द्रबहादुर शाही, महासचिवमा सुनिल ओझा, सचिवमा निमप्रसाद मिश्र, कोषाध्यक्षमा गिता अधिकारी चयन भएका छन् । यस्तै जनकराज भट्टराई, घनश्याम ओझा, डिल्लीराज ओझा, खेमराज भट्ट, सुरबहादुर चन्द रुपकबहादुर विष्ट, खेमराज दाहाल, विपिन आचार्य र बासुदेव जोशी सदस्यमा चयन भएका हुन् ।संघको साधारण सभा तथा अधिवेशनबाट पुस्तक तथा स्टेशनरी व्यवसायमा योग्दान पुर्याउँदै आएका व्यक्तिहरुलाई सम्मान गरिएको छ। सम्मानित हुनेमा जिल्ला समन्वय समिति कैलालीका कार्यवाहक संयोजक खगराज भुषाल र पवन पुस्तक पसलका सञ्चालक वेदप्रकाश चुवाई लगायतकालाई प्रमाणपत्रसहित खादा ओढाएर सम्मान गरिएको छ।
