कञ्चनपुर। कञ्चनपुरको महेन्द्रनगरबाट भारतको दिल्ली जाने ‘नेपाल–भारत मैत्री बस सेवा’ लाई भारतीय पक्षले अवरोध गरेका छन् । ‘नेपाल–भारत मैत्री बस सेवा’ लाई भारतीय पक्षले अवरोध गर्दा बनबासामा रोकिएको छ। शारदा ब्यारेज नजिक भारतीय ट्याक्सी व्यवसायीहरुले नेपाली नम्बर प्लेटका बस रोकेर यात्रुहरुलाई ओरालेर अवरोध गरेका हुन् ।
नेपाली प्रशासनले भारतीय नम्बर प्लेटका ट्याक्सीहरुलाई महेन्द्रनगर प्रवेश गर्न नदिएको भन्दै बस रोकेर विरोध गरेको बताइएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले केही दिनअघि व्यवसायीहरुको अनुरोधमा भारतीय ट्याक्सीहरुलाई नियन्त्रण गर्ने निर्णय गरेको थियो। भन्सारमा मनपरी तरीकाले लामो रुटमा भारतीय ट्याक्सीहरुले यात्रु ओसारिरहेको नेपालका यातायात ब्यवसायीहरुको भनाई छ।
जस्ले गर्दा नेपाली व्यवसायी मारमा पर्ने र सुरक्षा पनी नहुने हुँदा प्रसासनलाई अनुरोध गर्ने गरिएको उनीहरुको भनाई छ। नेपाल घुम्न आउने पर्यटक र सीमावर्ती बजारबाट सञ्चालित ट्याक्सीहरुको हकमा भने प्रशासनलाई त्यस्तो अनुरोध नगरिएको महाकाली बहु उद्देश्यीय यातायात प्रालिका उपाध्यक्ष विष्णु कँडेलले बताए। महेन्द्रनगरसम्म आउजाउ गर्दा समस्या नभएको तर दिल्लीबाट ट्याक्सि बुक गरेर गरेर बाजुरा, बझाङसम्म जाने गरेको पाइएको हुदा सरोकार व्यक्त गरेको महाकाली बहु उद्देश्यीय यातायातका उपाध्यक्ष विष्णु कँडेलले बताए।
महाकाली बहुउद्देश्यीय प्रालिका अध्यक्ष डम्बर पन्त नेतृत्वको टोली शुक्रबार सीमावर्ती बजार बनबसा पुगेकोमा भारतीय व्यवसायीहरुले नेपाली प्रशासनले ट्याक्सी प्रवेशमा रोक लगाएमा आफूहरुले पनि नेपाली बसमा अवरोध गर्ने जनाएका छन। उनीहरुले भारतीय पक्षसँग पनि यसबारे नेपाली पक्षसँग समन्वयका लागि आग्रह गरेका छन्। स्थानीय ट्याक्सीको हकमा प्रशासनलाई रोक्न नभनेको नेपाली व्यवसायीले बताए।व्यवसायीहरुको अनुरोधमा मनपरी ढंगले सञ्चालन भइरहेका ट्याक्सीलाई रोक्ने निर्णय गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बताए । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी अर्यालले नेपाली बस रोकिएकोबारे आफूलाई आधिकारीक जानकारी नआएको र त्यसबारेमा अनुसन्धान गरिने उनले बताएका छन्।


