कञ्चनपुर। कञ्चनपुरको बेलौरीमा एक महिला मृत अवस्थामा फेला परेकी छिन्। कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीमा एक महिला घर नजिकै बाँसको झाडी नजिक झुण्डिएको अवस्थामा मृत फेला परेकी प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलौरीका अनुसार बेलौरी नगरपालिका–८ कलकत्ता बस्ने करिब ४० वर्षीया गीता चौधरी घर पछाडि बास झाडी नजिक झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् ।
आज बिहिबार बिहान परिवारका सदस्यले चौधरीलाई झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक सन्दीपचन्द्र शाहले बताए । स्थानीयले आत्महत्या नभएर हत्या भएको बताएका छन् । भने कञ्चनपुर प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको बताएको छ ।