अछाम। अछाममा लागुऔषधसहित एक जना महिला पक्राउ परेकी छिन् । अछामको मंगलसेन नगरपालिका वडा नम्बर ५ मंगलसेन बजारबाट लागु औषध (खैरो हिरोइनसहिन) सहित २८ वर्षिया महिलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Advertisement



अछाम प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन्। प्रहरीका अनुसार ८ सय १० मिलिग्राम खैरो हिरोइनसहित महिला पक्राउ परेकी हुन्। शंकास्पद लागि चेकजाँच गर्दा निजले हातमा समातेको रातो रङको सानो चेन भएको झोला भित्र कालो रङको प्लाष्टिकमा बेरेर राखेको अवस्थामा उक्त लागुऔषध भेटिएको हो। आइतवार उनलाई पक्राउ गरिएको हो। सो सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
Advertisement
