अछामका पृथ्वी शाहविरुद्ध ठगी र संगठित अपराधको मुद्दा दर्ता

काठमाण्डौ। पृथ्वीबहादुर शाहविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी र संगठित अपराध मुद्दा दर्ता भएको छ। केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान प्रतिवेदन बुझाएको एक हप्तामा सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो।अछाम घर भएका ३५ वर्षीय शाहसहित ७ जनालाई केन्द्रीय अनुसन्धान ब्युरोले पुस २२ मा पक्राउ गरेको थियो।