धनगढी। तराईका अधिकांश जिल्लाहरूमा आज धूमधामका साथ होली पर्व मनाइँदै छ। कैलाली, बाँके, बर्दिया, धनुषा, महोत्तरी, सर्लाही, सिराहा, सप्तरीलगायतका तराईका जिल्लामा आज हर्षोल्लासका साथ होली पर्व मनाइन्छ।
रङ्गहरुको पर्व होलीलाई मित्रता, आत्मीयता, सामीप्य र सद्भाव दर्साउने पर्वको रूपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरू जम्मा भएर होली खेल्ने गरिन्छ । तराईंमा एक आपसमा रङ्ग, अबीर लगाई नाच्दै र जोगिरा गाउँदै होलीलाई विशेष उत्सवको रूपमा लिइन्छ। पहाड घरभई तराईमा बस्दै आएकाहरूले पनि आपसमा शुभकामना आदानप्रदान गर्दै आज होली पर्व मनाउँदै छन्।
होली मनाइने तराईका जिल्लाहरूमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ।यता धनगढीमा पनी होली पर्वको अवसरमा बिशेष् कार्यक्रमहरु पनी आयोजना गरिएका छन् । पहाड घरभई तराईमा बस्दै आएका सुदुरपश्चिमेलीहरुले आ आफ्नो गठन गरिएका समाजद्धारा एक आपसमा रङ्गहरु दलेर आपस सद्भाव साँट्ने गरेका छन्। धनगढीका बिभिन्न स्थानमा होली बिषेश अन्तरगत पार्कमोडमा बिभिन्न साँगीतिक कार्यक्रम आयोजना गरिएको छ । यस्तै धनगढी चटकपु्रस्थीत सैराई स्क्वायर होटलमा पनी होली हंगामा कार्यक्रम आयोजना गरिएका छन्। उक्त कार्यक्रममा बिभिन्न कलाकारहरु आउने आयोजकहरुले बताएका छन्। वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा खुसीयाली प्रकट गर्न सामूहिक रूपमा भेला भएर एक अर्कामा रङ दलेर मनाउने गरिन्छ ।
पहाडी क्षेत्रहरूमा भने सोमबार नै धूमधामका साथ होली मनाइएको छ। होली पर्वमा आफूभन्दा ठुला मान्यजनबाट रङ्ग, अबिर लगाएर मिठो मसिनो खाने र आर्सीवाद लिने चलन समेत रहेको छ। पछिल्लो समय घरबाट बाहिर रहेका आफ्ना आफन्तबीच भेटघाट हुने पर्वका रूपमा पनि यो पर्व लिन थालिएको छ। होलीमा प्रयोग गरिने रङहरूको आ-आफ्नै महत्त्व रहेको छ । नीलो रङलाई धर्मयुद्धको प्रतीक मानिन्छ । पहेँलो रङ भगवान् विष्णु र श्रीकृष्णको प्रिय रङ हो । भगवान् गणेशलाई सबै रङ मन पर्ने तथा रातो रङलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ। सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकालाई प्रह्लादले काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका आफै जलेर नष्ट भएपछि असत्यमाथि सत्यको विजय भएको प्रतीकको रूपमा होली पर्व मनाउने गरिएको छ।