बुडाल मृत्यु प्रकरण: सिआईबीको टोलि बैतडीमा, हत्या आशंकामा यी हुन् १२ जना

बैतडी। बैतडी दशरथचन्द नगरपालिका १० खडेनीका जिवन बुडालको हत्या गरिएको भन्दै आफन्तले शव बुझ्न मानेका छैनन् । साथिहरुसंग पिकनिक मनाउन गएका बुडाल फागुन १३ गतेदोगडाकेदार ४ जाडाबगर चमेलिया नदि किनारमा मृत फेला परेका थिए। बुडालको शव १० दिनदेखि जिल्ला अस्पताल बैतडीमा रहेकामा मृतक बुडालका आफन्तले सत्यतथ्यको छानबिनको माग गर्दै अहिलेसम्म शव नउठाएका हुन् ।