धनगढी। सुदूरपश्चिममा प्रदेश सभाको बैठक सुरु भएको छ। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिँदै छन्। दिउँसो १ बजे मुख्यमन्त्री शाहले विश्वासको मत लिने गरी प्रदेश सभाको बैठक आह्वान गरिएकोमा ढिलो गरी पौने घण्टापछि बैठक सुरु भएको हो। मुख्यमन्त्री शाहले दोस्रो प्रदेश सभाको प्रथम अधिवेशनको आठौँ बैठकलाई सम्बेधन गरिरहेका छन्।
भने बिश्वासको मत मागिरहेका छन्। माघ महिनाको २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहले ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार आज शाहले विश्वासको मत लिँदै छन्। ५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ साँसदको आवश्यकता पर्दछ। कांग्रेसका १९, माओवादीका ११ (सभामुख), नागरिक उन्मुक्तिका ७ र एकीकृत समाजवादीका ४ सहित ४१ सांसद नयाँ गठबन्धनसँग छन्। प्रदेश सभामा नेकपा एमालेका १० (उपसभामुख), राप्रपा र स्वतन्त्र १/१ सांसद छन्।(Live)तल क्लीक गरेर हेर्नुहोस्