काठमाडौँ। नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार उपाध्यायको शंखमुलस्थित कफीसपबाट खसेर निधन भएको छ। माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको माधव नेपालको सचिवालयका सदस्य नितेश पौडेलले जानकारी दिए।
उपाध्याय शनिबार शंखमुलस्थित एक रेष्टुरेन्टको ६ तलामाथिबाट खसेका थिए । नेपाल प्रहरीको नयाँ बानेश्वर वृत्तका डीएसपी निशान्त श्रीवास्तवका अनुसार कफी सपको छतबाट खसेपछि उपाध्यक्ष सख्त घाइते भइ उपचारका लागि सिभिल अस्पताल लगिएको थियो। घटनाबारे छानबिन भइरहेको श्रीवास्तवले बताएका छन् । पेशाले इन्जिनियरसमेत रहेका उपाध्याय नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य पनि थिए । उपाध्याय लडेपछि घाइते अवस्थामा दुई युवकले सुरुमा सिभिल अस्पताल लगेका थिए । थप उपचारका लागि उपाध्यायलाई माइतीघरस्थित अन्नपूर्ण न्युरोमा लगिएको थियो ।

