अछामका पृथ्वीबहादुर शाहले अमेरिकाबाट करौडौं ठगेर कसरी नेपाल ल्याए ?

काठमाडौं। अछामका युवक पृथ्वीबहादुर शाहले अमेरिकाबाट ठगेर गैरकानुनी रुपमा करौडौं रुपैयाँ नेपाल भित्र्याएको प्रहरीको अनुसन्धानमा खुलेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले तीन साता अगाडि पक्राउ गरेका शाहसहित सात जनाविरुद्धको अनुसन्धान सकाएको छ।