डोटी। डोटीमा परेको असिनापानी परेको छ। डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा मंगलबार परेको असिनापानीले हिउँदे बालीनालीमा ठूलो क्षति पुर्याएको हो। लामो समयदेखि खडेरी परेको र एक्कासी परेको असिनाले गहुँबाली, तरकारी तथा फलफूलखेतीमा क्षति पुर्याएपछि किसानहरू चिन्तीत बनेका छन्।
हिउँदमा पानी नपरेर खडेरीका कारण खासै हुर्कन नपाएको बालीनाली असिनाले सखाप पारेपछि किसानलाई भोकमरी हुने चिन्ता छाएको स्थानिय वीरेन्द्र उपाध्यायले बताए। कात्तिक २२ गतेको भूकम्पले थलिएको यो क्षेत्रका स्थानीयले भूकम्प र खडेरीका कारण भोकमरीको हुने अवस्था आएको लोकेन्द्र कठायतले बताएका छन्। यो वर्ष समयमै पानी नपर्दा खाद्यान्नको भाउसमेत आकाशिएको र गरिब परिवारलाई भोकमरी टार्न निकै समस्या हुने स्थानीयवासीको भनाई छ। जिल्ला कृषि ज्ञान केन्द्र सिलगढीले यो वर्ष हिउँदे वर्षा नहुँदा कृषि क्षेत्रमा निकै ठूलो प्रभाव परेको बताएको छ ।