दार्चुला। दार्चुलामा एक जना पुरुष र कैलालीमा एक जना महिला मृत अवस्थामा फेला परेका छन्। दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नं ८ गोरेकाँडाका ५० बर्षीय इन्द्रसिंह धामी मृत फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार पस्ती बजार नजिकै नवलधार भन्ने स्थानमा सोमबार मृत फेला परेका हुन्।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको दार्चुला प्रहरीले जनाएको छ। यस्तै कैलालीमा एक महिला मृत फेला परेकी छन्। कैलालीको कैलारी गाउँपालिका–८ लोहनपुरकी ५२ वर्षीया चुन्की डगौरा थारु मृत फेला परेकी हुन्। उनी आफ्नै घरको कोठामा सोमबार मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ।

