काठमाण्डौँ। ग्याँस फायर सुरक्षाको पुर्व तयारी र आगलागीको सुरक्षा सम्बन्धि सचेतना तालिम दिइएको छ। लायन्स क्लव अफ काठमाण्डौं देवनगरद्वारा आयोजित “फायर प्रिवेन्सन एण्ड फायर कन्ट्रोल ट्रेनिङ प्रा. लि.”द्धारा राधाकृष्ण महिला तथा मनकामना मार्ग महिला समूहलाई उक्त सचेतना तालिम दिइएको हो।
काठमाण्डौँस्थीत राधाकृष्ण मन्दिर सिनबोन बेकरी परिसरमा भएको ग्याँस फायर, सेफ्टी, प्रिवेन्सन एण्ड कन्ट्रोल आउटरीट प्रोग्राम” सचेतनामुलक तालिम कार्यक्रममा प्रमुख अतिथी नार्गाजुन नगरपालिका वडा नम्बर १ वडा अध्यक्ष रामेश्वर लामा रहेका थिए । तालिममा ८० जनाको सहभागीता रहेको फायर प्रिवेन्सन तथा फायर कन्ट्रोलका संचालक अध्यक्ष धन बहादुर विष्टले जानकारी दिए। उनले सहभागीलाई घरमा ग्यास लिक भएमा गर्ने कारवाही, ग्याँस लिक चेक गर्ने तरिका बारेमा प्रयोगात्मक अभ्यास सिकाइएको जानकारी दिए।ग्याँस सिलिण्डरको उपभोग्य मिती चेकजाँच गर्ने, सिलिण्डरमा आगलागी भएमा गर्ने कसरी सुरक्षीत रहने, सुरक्षाकालागी पालना गर्नुपर्ने नियम, आगलागी उपाय तथा सुरक्षाका लागी उपलब्ध श्रोत साधनको प्रयोग गर्ने तरिकाबारे सैद्धान्तीक तथा प्रयोगात्मक जानकारी र अभ्यास समेत गरिएको उनले बताए। उनले अहिलेसम्म १९ वटा स्थान तालिम तथा सचेतना सम्बन्धि तालिम दिइसकेको र अन्य क्षेत्रमा दिने योजना रहेको बताए । यस्तै आगलागी हुनाका प्रमुख कारण र पुर्व तयारी तथा सुरक्षा, आगोकिन आवश्यक छ आगो के हो? आगो कहिले बल्द छ वा कसरी लाग्दछ, आगलागी भएमा समयमा के गर्ने? आगो लागी भएपछि के गर्ने? लाइभ ए क्लास फायर फाइटिङ अभ्यास तथा ड्रिल विभिन्न प्रकारका फायर दहन एजेन्टको प्रयोग गर्ने विधि तथा अभ्यास गरिएको छ। तालिम पछि सहभागीहरुले घरायसी महिलाहरुका लागी तालिम निकै उपयुक्त रहेको बताएका थियो। आगलागीबाट बच्न यस्ता तालिमले आफुसहित घरपरिवार तथा समाजलाई फाइदा पुग्ने भएकाले अतिआवस्यक रहेको बताएका थिए। फायर प्रिवेन्सन तथा फायर कन्ट्रोलका संचालक अध्यक्ष धन बहादुर विष्टले संचालन गरेका थिए।