काठमाडौँ। कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार रहेका रामचन्द्र पौडेल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेलाई भेट्न पुगेका छन् । पौडेलले लामिछानेको हात्तिगौडा स्थित निवासमै पुगेर राष्ट्रपति चुनावमा आफूलाई सहयोग गर्न आग्रह गरेका हुन्।
आठ दलीय गठबन्धनको तर्फबाट राष्ट्रपतिको उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग भेटवार्ता गरेका छन्। यद्यपि लामिछानेले सहयोग गर्नेबारे स्पष्ट जवाफ दिएनन्।
उनले पार्टीमा छलफल गरेर आवश्यक निर्णय लिने जवाफ पौडेललाई फर्काएको लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले जानकारी दिए।कांग्रेसको शनिवार बिहान बसेको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो।पौडेलको आग्रहमा लामिछाने आफूले पार्टीमा छलफल गर्ने निर्णय गर्ने जवाफ दिएको लामिछानेको सचिवालयले जनाएको छ।