काठमाडौँ। नेकपा एकीकृत समाजवादीका नेताहरु कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न धुम्बाराही पुगेका छन्। नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल, महासचिव बेदुराम भुसाल र नेता घनश्याम भुसाल धुम्बाराही पुगेको सभापति देउवाको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार उनीहरुबीच राष्ट्रपतिको चुनावबारे छलफल भइरहेको छ। यहीबीच नेपाली कांग्रेस जसपाका नेताले भेटघाट गरेका छन्। नेकपा एकीकृत समाजवादीका केही नेता कांग्रेस सभापति शेरबहादुर देउवाको निवास अहिले धुम्वाराही पुगेका छन्। जसपा अध्यक्ष उपेन्द्र यादव पनि केहीबेर छलफल गरेर भर्खरै बाहिरिएका छन्।
यादवले सामान्य गफगाफ मात्र भएको बताए।‘व्यक्तिबारे केही कुरा भएको छैन। सामान्य गफगाफमात्र भएको यादवले प्रतिक्रिया दिए। सभापति देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतका नेता भेटवार्तामा सहभागी रहेको स्रोतले बताएको छ।भेटघाट राष्ट्रपति निर्वाचनमा केन्द्रित रहेको बताइएको छ। नेकपा एसको आज बसेको सचिवालय बैठकले कांग्रेस, माओवादीसहितका दलहरूसँगको छलफलपछि मात्रै राष्ट्रपतिबारे निर्णय लिइने निर्णय गरेको थियो।