काठमाडौँ। नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधीसभा सदस्य तथा सांसद गंगाराम चौधरीले सरकारले रेशम चौधरीलाई रिहाई गर्ने आश्वासन पुरा नभएको बताएका छन्। आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौधरीले नागरिक उन्मुक्तीका संरक्षक रेशम चौधरीलाई प्रधानमन्त्रीले झुक्याएको आरोप लगाए।
उनले भने, ‘नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई प्रधानमन्त्रीले माघी उपहार दिन्छौं भन्नुभएको थियो। तर, माघी बितेर होली आइसक्यो।अझैं हामीले सोचेको र आशा गरेको पाएनौं उनले भने।’हामी पटक पटक नागरिक उन्मुक्ती पार्टिको तर्फबाट लाल आयोगको प्रतिवेदन सार्वजनिक गराउनुपर्छ भन्ने रोलिङ सभामुखबाट जानकारी गरायौँ, तर हालसम्म प्रधानमन्त्रीबाट अहिलेसम्म पनी लाल आयोग सार्वजनिक गरियोस् भन्ने धारणा नआएको बताए। उनले सार्वजनिक नगराएकोप्रति पनि सरकारको ध्यानकर्षण गराएका छन्।