धनगढी : धनगढीमा अलपत्र अवस्थामा बालिका भेटिएकि छिन् । धनगढी उप महानगरपालिका वडा नम्बर ६ बसन्तटोल स्थित रामजानकी मन्दिरमा अपलत्र अवस्थामा एक बालिका भेटिएकि हुन् । अब्सरा, आसिका राना नाम बताउने ति बालिकालाई दिउँसो स्थानियले भेटेका थिए ।
अलपत्र अवस्थामा भेटिएकी बालिकाको उद्धारका लागी वडा अध्यक्ष भागिराम चौधरीलाई स्थानियले खबर गरेका थिए । वडा अध्यक्ष चौधरीका अनुसार ठेगाना बताउन नसक्ने बालिकाले बुवाको नाम किशन राना, आमाको नाम मञ्जु राना र दिदिको नाम सन्ध्या राना बताएकी छिन् । अन्दाजी ५ बर्षिय ति बालिका अहिले आफ्नै घरमा रहेको बताउँदै वडा अध्यक्ष चौधरीले अबिभावकलाई सम्पर्कमा आउन आग्रह गरेका छन् ।
बालिका शुरक्षित रहेको बताउँदै वडा अध्यक्ष चौधरीले अबिभावकले आफुलाई सम्पर्क गर्न आग्रह गरेका छन् । अध्यक्ष चौधरीको मोवाइल नम्बर ९८४८४८५३४५ रहेको छ ।

