दार्चुला। दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ का वडा अध्यक्ष मदन सिंह धामी एक महिलालाई जबरजस्तीकरणी गरेर फरार भएका छन्। गाउँमा जबरजस्तीकरणी गरेको कुरा बाहिर आएपछि उनि माघ महिनामै फरार भएको बताइएको छ।
वडा अध्यक्ष धामी माथि एक महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेको छ। पीडित महिलाले वडा अध्यक्षले जबरजस्तीकरणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दार्चुलामा किटानी जाहेरी दिएकी छिन। पीडित महिलाले वडाअध्यक्षले माघ २० गते राती घरमा आएर जबरजस्तीकरणी गरेको निवेदन पेश गरेको जिल्ला प्रहरी कार्यालय दार्चलाका सूचना अधिकारी राजेश शाहीले जानकारी दिएका छन। वडाध्यक्ष धामी जबरजस्तीकरणी गरेको कुरा बाहिर आएपछि सम्पर्क विहिन बनेका थिए। सम्पर्क बिहिन बनेका वडाध्यक्ष धामीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
उनले प्रयोग गर्ने वडाको नम्बर पनि स्विच अफ गरिएको छ। वडा सचिव मदन धामीले भने वडाको कार्यवाहक जिम्मा वडा सदस्य करन धामीलाई दिएर उपचारका लागि काठमाण्डौं गएको बताएका छन। उनि माघ महिनामा जेष्ठ सदस्य करन सिंह धामीलाई कार्यबाहक वडा अध्यक्षको जिम्मेबारी दिएर उपचारका लागि काठमाण्डौँ गएको सचिव धामीले बताए। वडा अध्यक्ष कार्यालयमा लामो समय देखी उपस्थित नहुँदा कार्यालयबाट प्रवाह हुने केहि सेवाहरु सेवाहरु अबरुद्ध भएको सचिव धामीले बताए। नाता प्रमाणित, नेपाली नागरिकताका लागि सिफारिस लगातयका सेवाहरु प्रभावित भएको बताइएको छ। वडा अध्यक्ष धामी गत वैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए।