कञ्चनपुर। कञ्चनपुरमा जवरजस्ती करणी मुद्धाका फरार कसुरदार १७ बर्षपछि पक्राउ परेका छन्। कञ्चनपुर जिल्ला अदालतको मिति २०६२ जेठ ४ गतेको आदेस अनुसार जवरजस्ती करणी मुद्धाका फरार प्रतिवादी कञ्चनपुर बेलौरी २ का राजेन्द्र लुहार सुनारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी बिशेष टोलीले बिहीबार निजकै घरमा लुकिछिपि बसिरहेको अवस्थामा पक्राउ गरिएको हो। हिजो बिहीबार नै कञ्चनपुर जिल्ला अदालतमा पेश गराईएकोमा सम्मानित कञ्चनपुर जिल्ला अदालतबाट निजलाई ७ बर्ष कैद भुक्तानको लागी कारागार चलान गरिएको जनाइएको छ।