धनगढी : कैलाली उधोग बाणिज्य संघले ब्यवसायीका बिविध समस्या बारे उप प्रधान तथा अर्थमन्त्री बिष्णु पौडेललाई ध्यानाकर्षण गराएको छ । उधोग बाणिज्य संघको आफ्नै कार्यालयमा स्वागत गर्दै मन्त्री पौडेललाई बिविध समस्याबारे सम्झाउँदै ज्ञापनपत्र बुझाएको हो । कैलाली उधोग बाणिज्य संघका अध्यक्ष पुस्पराज कुँवरले अर्थमन्त्री बिष्णु पौडेललाई ज्ञापनपत्र बुझाएका हुन् ।
मन्त्री पौडेललाई स्वागत गर्दै कैलाली उधोग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुस्कर ओझाले ब्यवसायी निकै संकटमा भएको बताएका थिए । एकलौटी किसिमले र्बैकंहरु ब्याज बढाइरहने, र मुनाफा अशुलीरहने तर ब्यवसायीहरु जग्गा जमिन लिलाम गर्नुपर्ने स्थितीमा पुगेको भन्दै समस्या समाधानका लागी उनले मन्त्री पौडेलको ध्यानाकर्षण गराएका थिए । उनले बैङ्कले बढाएको ब्याजदर घटाउनु पर्ने र किस्ता समय पनि हेरफेर गर्नु पर्ने माग अर्थमन्त्रीलाई राखे ।
मन्त्री पौडेलले सरकार व्यवसायीहरूको समस्या समाधान गर्न लागि परेको बताएका थिए । उनले सरकार उद्योगी व्यवसायीहरूसँग उनीहरुका समस्याहरू हल गर्ने बिषयमा छलफल गरिरहेको समेत जनाए ।