कञ्चनपुर। कञ्चनपुरबाट अवैध काठ बरामद गरिएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ मा सव–डिभिजन वन कार्यालय वाँणी, सव–डिभिजन वन कार्यालय देखतभुली र अस्थायी प्रहरी पोष्ट वाणीबाट खटिएको संयुक्त टोलीले अवैध काठ बरामद गरेको हो। संयुक्त प्रहरी टोलीले उक्त स्थानका बिभिन्न व्यक्तिहरुको घरमा राखिएको अबैध सालको काठ र गोलिया बरामद गरेको हो।
कृष्णपुर नगरपालिका–३ देखतभुलीका बिकासी रानाको घरबाट १० फिट ३ ईन्च, गोलाई ५९ ईन्च भएको एक थान सालको गोलिया, ७ फिट २ ईन्च लम्बाई, ८९ ईन्च गोलाई भएको सालको सालको एक थान गोलिया र लम्बाई ७ दशमलव २ फिट, चौडाई १७ ईन्च, गोलाई १५ ईन्च भएको सिल्ली सालको एक थान गरी ३९ दशमलव ३० क्यूफिट काठ बरामद गरिएको छ। त्यस्तै रामा रानाको घरबाट लम्बाई ६ फिट, गोलाई १० ईन्च र मोटाई ४ ईन्च भएको सिल्ली सालको तीन थान गरी ५१ दशमलव १८ क्यूफिट अवैध काठ बरामद गरिएको हो। दुबै स्थानबाट गरी ९० दशमलव ४८ क्यूफिट अवैध काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। सो बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।