धनगढी। धनगढीमा भन्सार छलीका सामानसहित २ जना पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा भन्सार छलीका सामानसहित दुई जना पक्राउ गरिएको प्रहरीले जनाएको छ।
त्रिनगर प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले धनगढी २ फनपार्क नजिकैबाट भारतको लखिमपुरखिरि कृष्णनगर–८ पलिया बस्ने २४ वर्षीय अमन गुप्ता र बाजुराको बडिमालिका नगरपालिका–३ का २४ वर्षीय सुरज बोहरालाई पक्राउ गरेको हो। उनीहरु भारतबाट भन्सार छली गरेर ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए। बोहराको साथबाट से ३ प ५५११ नम्बरको मोटरसाइकलमा ल्याउदै गरेका दुई सय चार थान सुट र ५ थान साडी बरामद गरिएको छ। उनीहरुमाथी थप अनुसन्धान भैरहेको पहरीले जनाएको छ ।


