धनगढी। धनगढी–अत्तरिया छ लेन सडकमा वृक्षारोपण कार्य सुरु गरिएको छ। धनगढी उप महानगरपालिकाले छ लेन सडकमा विभिन्न प्रजातिका बोटविरूवा तथा फूलको बोट रोप्ने अभियान अन्तरगत वृक्षारोपण कार्य सुरु गरिएको हो। छ लेन सडकमा विभिन्न प्रजातिका बोटबिरुवा तथा फूलको बोट सडकको मध्य भागमा रोप्ने कार्य आजबाट धनगढी चौराहदेखि सुरु भएको हो।
उपमहानगरपालिकालाई हरियाली तथा सौन्दर्यीकरण बनाउन सडकमा वृक्षारोपण सुरु गरिएको नगर प्रमुख गोपाल हमालले बताए। धनगढीको भन्साररोडदेखि वडा नम्बर १३ सम्मको उपमहानगर क्षेत्रभित्र पर्ने छ लेन सडकमा वृक्षारोपण गरिने उनको भनाई छ। कार्यक्रममा धनगढी उपमहानगरपालीका ३ का वडा अध्यक्ष राज बहादुर ऐरले बिहानको छ लेन सडक छेउमा वृक्षारोपण गरिएको बताए। उनले वृक्षारोपण र सरसफाई एक अर्काको अन्तरसम्बन्ध रहेकाले यस्ले सुन्दर र हराभरा देखीने जानकारी दिए।
सामुदायीक स्वच्छता कायम राख्दै सरसफाईमा ध्यान दिनुपर्ने उनको जोड छ। यस्तै धनगढी ३ बोराडाँडीमा रहेको त्रिभुवन माध्यमिक बिद्यालयले सफा नगर हाम्रो रहर भन्ने उदश्यसहित सरसफाई कार्यक्रम गरेको छ। सामुदायीक स्वच्छता तथा सरसफाई कार्यक्रम अन्तरगत दिगो बिकासको मुख्य आधार, स्वच्छ सरसफाई युक्त बानी ब्यवहार, सफा नगर हाम्रो रहर भन्ने नारा सहित सो कार्यक्रम गरेको हो। कार्यक्रममा धनगढी ३ का वडा अध्यक्ष राज बहादुर ऐर, बिद्यार्थीलगायत शिक्षकको सहभागीता रहेको थियो।बिद्यार्थीहरुले जथाभावी फोहर नगर्न भन्ने सन्देशसहितका प्ले कार्ड समातेका थिए।