कैलाली। कैलालीमा अबैध काठ,आधुनिक हतियार र मोटरसाइकल सहित २ जना पक्राउ परेका छन्। कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ ब्यवस्थीत नगरबाट २ गोलया काठ १६ दशमलब २५ क्युफिट काठसहित उनीहरु पक्राउ परेका हुन्। पक्राउ पर्नेमा जानकी गाउपालिका ८ का दिनेश चौधरी र लालबहादुर चौधरी रहेका छन्।
बुधबार राती से ७ प ६९३७ नम्बर र एक अर्को मोटरसाइकलमा सालका गोलीया लगेर जाँदै गरेको अवस्थामा स्थानियले घेराबन्दी गरी नियन्त्रण लिई पहरीलाई बुझाएको कोपिला सामुदायिक बनका अध्यक्ष पदमा केसीले बताए । उनीहरुको साथबाट अबैध २ गोलिया सालको काठ, आधुनिक हतियार, एक मोटरसाइकल सहित उनीहरु पक्राउ परेको उनले बताए।
काठ कोपिला सामुदायिक बन भित्र बाट चोरी भएको आशंका गरीएको बताउँदै प्रहरीमा फोन गरेर राति नै उनीहरुलाई जिम्मा लगाएको अध्यक्ष केसिले बताए। सव डिभिजन बन कार्यालय लम्कीका रेन्जर रामबहादुर रावलले घटनाको थप अनुसन्धान गरिने बताए। यस्तै यता इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरिक्षक शंकर खड्काले थप कारबाहीकोलागि सवडिभिजन वन कार्यालय लम्कीको जिम्मा लगाईने जानकारी दिएका छन्।