दार्चुला। शनिबार शैल्यशिखर नगरपालिका–९ स्थित चौलानी किनारमा भेटिएको महिलाको शव पहिचान भएको छ। नदी किनारमा फेला परेको शव सोही नगरपालिका २ नम्बर वडाकी २२ वर्षीया धनमती भट्टको रहेको प्रहरीले जनाएको छ।
Advertisement



इलाका प्रहरी कार्यालय गोकुलेश्वरका अनुसार शैल्यशिखर नगरपालिकाको कार्यालय पछाडि नदी किनारमा भेटिएको शव शैल्यशिखर नगरपालिका–२ तौकी बस्ने माधव भट्टकी श्रीमती धनमतीको हो। अहिले शव परीक्षणका लागि गोकुलेश्वर अस्पतालमा राखिएको र घटना थप अनुसन्धान भइरहेको इप्रका गोकुलेश्वरका इन्चार्ज वीरेन्द्र थापाले बताए।
Advertisement
