धनगढी : ग्याँस डिलर्स एशोसियसन कैलालीको अध्यक्षमा छवीराज भट्ट चयन भएका छन् । संघको दोश्रो साधारणसभाबाट भट्ट अध्यक्षमा चयन भएका हुन् । शनिबार धनगढीमा भएको साधारणसभाबाट एशोसियसनको उपाध्यक्षमा दीपेन्द्र शाही, सचिवमा रामशेर स्वाँर, सह सचिवमा अक्कल बिष्ट, कोषाध्यक्षमा कैलाश चन्द चयन भएका छन् ।



संघको सदस्यहरुमा धन बहादूर बि.क, कलावती ऐर, भिमलाल न्युरे, शिवलाल अर्याल र चक्र देउवा चयन भएका छन् । ग्याँस डिलर्स एशोसियसन कैलालीको नयाँ कार्यसमिति चयन पछि बसेको बैठकले एशोसियसनको नाम परिवर्तन गर्ने समेत निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीमा ग्याँस डिलर्स एशोसियसन नामले दर्ता भएको संस्थाको नाम अब ग्याँस बिक्रेता संघ राख्ने बैठकले निर्णय गरेको छ ।
ग्याँस डिलर्स एशोसियसन कैलालीका संयोजक छवीराज भट्टको अध्यक्षतामा आयोजित दोश्रो साधारणसभामा नेपाल उधोग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा कैलाली उधोग बाणिज्य संघका अध्यक्ष पुस्पराज कुँवर प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा स्वागत मन्तब्य रख्ने क्रममा संघका बरिष्ठ सल्लाहकार गणेस भण्डारीले ग्याँस डिलर्स एशोसियसन बिगतमा ग्याँस बिक्रेताको हितमा भन्दापनि सिण्डिकेट लाउने किसिमले काम गरिरहेको आरोप लगाए । बिगतका समितिले ग्याँस डिलर्स ब्यापारीहरुका हक हितमा भन्दापनि उहाँहरुलाई झन दण्डित गराउने खालका गतिबिधिमा सक्रिय भएको बताउँदै उनले अबको कार्य समिति हाम्रा हक हितमा काम गर्ने खालको बन्नुपर्नेमा जोड दिएका थिए ।
साथै अनुमती लिएका सबै ब्यवसायीहरुले ग्याँस बिक्रि गर्न पाउनुपर्ने उनको तर्क थियो । वडा कार्यालयमा दर्ता भएका ब्यवशायीहरुले ब्यवसायको प्रकार उल्लेख गरी ग्याँस बिक्रि वितरण गर्न पाउने उनको भनाई थियो । ग्याँस ब्यवसायीका समस्यालाई मध्यनजर गर्दै बाणिज्य आपुती तथा उपभोक्ता हित संरक्षण कार्यालयलेपनि कसैको उक्साहटमा लागेर जरिवाना नगरी वास्तविक ऐन अनुसार चल्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा बोल्दै बाणिज्य आपुर्ती तथा उपभोक्ता हित संरक्षण कार्यालय कैलालीका नायब सुब्बा लिलाधर जोशीले आफ्नो कार्यालयले ऐन नियम बिपरित कसै ब्यवसायीहरुलाई नसताएको बताए । ऐन नियममा रहेर अनुगमन तथा जरिवाना गर्ने गरेको बताउँदै उनले ग्याँस ब्यवसायीलेपनि अधिकार ऐनका बिषयमा जानकार हुनुपर्नेमा जोड दिए । बाणिज्य आपुती तथा उपभोक्ता हित संरक्षण कार्यालय ब्यवसायीलाई दुख दिने कार्यालय नभई सहयोग र सरकारी ऐन कार्यान्वयन गर्ने निकाय भएका कारण ऐन नियममा बाँधिएर काम गर्न र थाहा नभएको कुराका बारेमा जानकारी लिन उनले आग्रह गरे ।

कार्यक्रमलाई धनगढी उप महानगरपालिका वडा नम्बर २ का अध्यक्ष धर्म ओझा, ३ का अध्यक्ष राज बहादूर ऐर, ४ का अध्यक्ष बुद्धी बहादूर खड्काले सम्बोधन गरेका थिए । उनिहरुले ग्याँस ब्यवसायकै कारण नेपालको पर्यावरणमा सुधार आएको बताउँदै सरकारलेनै ग्याँस उधोगहरुलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । साथै आफ्ना वडामा ब्यवसायीलाई परेका समस्या समाधानका लागी आफुहरु तल्लिन रहने उनिहरुको भनाई थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी कैलाली उधोग बाणिज्य संघका अध्यक्ष पुस्पराज कुँवरले यतिबेला सबै ब्यवसायी मारमा रहेको बताए । बैकं तथा बित्तिय संस्थाको चर्को ब्याजका कारण मारमा परेका ब्यवसायीहरुलाई अनावश्यक दुख दिनेगरी जरिवाना नगर्न उनले सम्बन्धित निकायलाई अनुरोध गरे । कैलाली उधोग बाणिज्य संघ सबै ब्यवसायीहरुको साँझा संस्था भएका कारण समस्या परेका बेला आफ्ना तर्फबाट हुने सबै कामका लागी तयार रहेको कुँवरले बताए ।


