काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योगहरूमा भइरहेको विद्युत् समस्या सम्बोधन गर्ने बताएका छन्। एमाले निकट नेपाल उद्योग तथा व्यवसायी महासंघको बधाई तथा शुभकामना कार्यक्रममा उद्योग मन्त्री भण्डारीले सो कुरा बताएका हुन् ।
त्यसक्रममा उद्योग तथा व्यवसायीहरुले उद्योगहरूले भोगिरहेका समस्याहरु पनि मन्त्री भण्डारीलाई सुनाएका थिए। नेपाल उद्योग तथा व्यवसायी महासंघका अध्यक्ष एलपी साँवा लिम्बुले उद्योग मन्त्रीलाई बधाई तथा शुभकामना दिँदै नेपालका उद्योगहरूले माग अनुसार विद्युत् नपाएर समस्या भएको बताएका थिए। नेपाल उद्योग तथा व्यवसायी महासंघको टोलीले नव नियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई भेटेर शुभकामना तथा बधाई ज्ञापन गरेका थिए।


